Hazaar Aankhaa Yee Aankhaamaa

first publication date:  2003
genre:  poetry
original title:  हजार आँखा यी आँखामा
original language:  Nepali

हजार आँखा यी आँखामा कवि तथा गीतकार सुमन पोखरेलद्वारा लिखित गीतहरूको एउटा सङ्ग्रह हो । यस सङ्ग्रहमा बैसठ्ठी वटा आधुनिक नेपाली गीतहरू सङ्ग्रहित रहेका छन् । यस सङ्ग्रहमा समाविष्ट गीतहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भई विभिन्न गायकहरूले गाएका छन् । यस सङ्ग्रहका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईँ मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईँको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईँलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईँको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईँ आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् । Source: Wikipedia (ne)

Editions
No editions found

Work - wd:Q18348793

Welcome to Inventaire

the library of your friends and communities
learn more
you are offline